शनिबार, कार्तिक १०, २०८१
15:55 | २०:४०

तमु समाज यूकेमा पहिलोपटक महिला अध्यक्ष

नेपाली लिङ्क जुन १६, २०२४

लन्डन । तमु समाज यूकेको १७औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशनले नयां कार्यसमिति निर्वाचित गरेको छ ।

समाजको इतिहासमा पहिलोपटक महिला अध्यक्ष श्रीमती बिन्दु घले निर्वाचित भएकी छन् । त्यसैगरि, उपाध्यक्षत्रयमा भिम बहादुर गुरुङ, केदार बहादुर गुरुङ र श्रीमती मिरा गुरुङ छन् भने महासचिवमा सुव घले निर्वाचित भए ।

कोषाध्यक्षमा चन्द्र कान्त गुरुङसहित नयां कार्यसमितिमा अन्य पदाधिकारी तथा सदस्यहरु गरि २१ जना निर्वाचित भएका समाजले जनाएको छ ।

तमु समाज यूके निर्वाचन समितिका अध्यक्ष पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा निर्वाचन समितिका सचिव गोपी गुरुङले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए । निर्वाचन समितिमा निर्वतमान अध्यक्ष तथा सल्लाहकार शिव चन्द्र गुरुङ उपाध्यक्ष, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ र सल्लाहकार कन्य प्रसाद गुरुङ सदस्य रहेका थिए ।

उक्त निर्वाचन समितिले तमु समाज यूके सातौं कार्य समिति सर्वसम्मत घोषणा गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका अध्यक्षले शपथ ग्रहण गराए ।

त्यसपछि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निर्वाचन समितिका अध्यक्षले नव निर्वाचित पदाधिकारीहरुलाई खादा लगाइ पछ्यौरी र भाङ्ग्र ओढाई बधाई तथा शुभकामना दिएका थिए ।

छैटौं कार्यसमितिका अध्यक्ष शिवकुमार गुरुङले संस्थाको विधान र नव निर्वाचित सातौं कार्य समितिकी अध्यक्ष बिन्दु घलेले संस्थाको प्लेक एक अर्कालाई प्रदान गरि पदभार हस्तान्तरण गरेका थिए।

नवनिर्वाचित अध्यक्ष घलेले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै समाजको सर्वोपरि हितको कार्यमा आफू सदा लागिरहने र समाजको नाम उच्च राखिरहने प्रतिवद्धता व्यक्त गरिन् ।

उक्त कार्यक्रममै छैटौं कार्यसमितिका अध्यक्ष शिव कुमार गुरुङ लगायत सबै पदाधिकारीलाई संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र पूर्व अध्यक्षहरु अर्जुन कुमार गुरुङ, शिव चन्द्र गुरुङ तथा आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङले धन्यवाद एवं नव निर्वाचित अध्यक्षलाई बधाई दिएका थिए । सो अवसरमा केक काटी सेलेब्रेसन समेत गरियो ।

१५ जुन शनिबार तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लन्डनमा साधारणसभा तथा महाधिवेशन भएको हो ।

तमु समाज यूके छैटौं कार्यसमितिका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, अध्यक्ष शिव कुमार गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमती उमादेवी गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो ।

दुई चरणमा विभाजित कार्यक्रम अन्तर्गत पहिलो चरणको १७औं वार्षिक साधारणसभामा महासचिव धरम बल गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण, आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन, युवा समूहका अध्यक्ष ओमकार गुरुङले युवा समूहको प्रतिवेदन प्रस्तुत गरेका थियो।

वार्षिक सभामा कोषाध्यक्ष खेमबहादुर गुरुङले समाजिक भवनहरुको आयब्यय विवरण र समाजको आर्थिक प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मति अनुमोदन भएको थियो ।

यसैगरि साधारणसभामा विधान संशोधन र आगामी कार्यक्रमबारे वृहत छलफल गरि पारित गरिएको थियो।

साधारणसभामा उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तब्य दिएकी थिइन् । सभामा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, सल्लाहकार तथा तमुधिं यूकेका पूर्व अध्यक्ष सुवासिङ गुरुङ (बीइएम), सल्लाहकार ले. (रि) थमप्रसाद गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ र सल्लाहकार काउन्सिलर कमल गुरुङले शुभाकामना दिएका थिए ।

‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गर्दै महासचिव धरम बल गुरुङले पहिलो चरणको कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सञ्चालन गरेका थिए ।

साधारण सभामा सदस्यहरुले बोल्ने क्रममा सबैले समाजको हित र भावी कर्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिंदै हालसम्म भएका कार्यप्रति खुशी प्रकट गरे । उनीहरुले छैटौं कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद समेत दिए ।

पहिलो चरणको अन्तमा सदस्यहरुले बोल्ने समयमा उठेका महत्वपूर्ण विषयहरुको बुंदागत छलफलपछि पारित गरिएको थियो । त्यसपछि अध्यक्ष शिवकुमार गुरुङले नयाँ आजीवन सदस्य पोष बाहदुर गुरुङ लाई समाजमा स्वागत गरि खादा लगाएरु समाजको लोगो अंकित ब्याज प्रदान गरे ।

सभाको अन्तमा अध्यक्ष शिव कुमार गुरुङले धन्यबाद मन्तब्य राखेर छैटौं कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरु, आमा समूह र युवा समूह तथा उपस्थित सम्पूर्ण आजीवन सदस्यहरुलाई धन्यवाद ब्यक्त गरे । उनले नयाँ कार्यसमितिलाई पनि यसैगरि सहयोग गरिदिन आग्रह गर्दै छैटौं कार्यसमितिको पदावदी समाप्त भएको घोषण गरेका थिए ।

कार्यक्रममा फोटोग्राफी ओमकार गुरुङ, साउन्ड सिस्टम व्यवस्थापन तथा सञ्चालन उज्ज्वल मान गुरुङ र क्याटरिङ व्यवस्था रारा क्याटर्सले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू