शनिबार, साउन १२, २०८१
07:06 | ११:५१

क्रिकेटर लामिछानेलाई अमेरिकाले दिएन भिसा

नेपाली लिङ्क मे २२, २०२४


काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो भिसा अस्वीकृत भएको लामिछानेले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै उनलाई विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सबै प्रक्रिया पूरा गरेको थियो ।

‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो’,  दुर्भाग्य ! अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु’- सन्दीपले लेखेका छन् । 

क्यानका सदस्य दुर्गा पाठकले पनि सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिंदै यसबारेमा थप पहल गर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू