बिहीबार, वैशाख २०, २०८१
20:25 | ०१:१०

काठमाडौँमा दोस्रो ‘एडब्लुएस कम्युनिटी डे’ मनाइंदै

नेपाली लिङ्क अप्रिल १८, २०२४


काठमाडौँ  – ‘एडब्लुएस युजर ग्रुप नेपाल’ को आयोजनामा आउँदो आइतबार, बैशाख ९ गते (२१ अप्रिल) दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ।

जेनेस सलुशन तथा सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रमले क्लाउडको बारेमा थप जान्न चाहने, टेक पेशाकर्मीहरु र सूचना प्रविधि क्षेत्रका अगुवाहरुलाई आपसी विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिङ सम्बन्धी पछिल्लो प्रवृत्तिहरुबारे छलफल गर्न एक मन्च उपलब्ध गराउने छ।

एडब्लुएस सामुदायिक दिवस समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हुन् जहाँ विज्ञ एडब्लुएस  प्रयोगकर्ताहरु तथा विश्वव्यापी रुपमा काम गर्ने व्यवसायीहरुले प्राविधिक जानकारी दिन्छन् ।

‘एडब्लुएस सामुदायिक दिवस नेपाल २०२४’ ले अमेजन वेब सर्भिसेज (एडब्लुएस) मार्फत सहभागीहरुको ज्ञान तथा व्यवहारिक सीप वृद्धि गर्न तथा नवपरिवर्तन एवं व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ताहरु, कार्यशाला गोष्ठी तथा नेटवर्किङ अवसरहरु उपलब्ध गराउने छ।

‘एडब्लुएस युजर ग्रुप’ हरु समुदायको नेतृत्वमा सिक्नुका साथै  ब्लकचेन, कृत्रिम बौद्धिकता, परफरमेन्स कम्प्युटिङ तथा क्लाउड कम्प्युटिङ प्रविधिजस्ता अमेजन वेब सर्भिसेजसंग आबद्ध प्रविधिबाट आपसमा बाँधिएका छन्।  

२१ अप्रिल बिहान ९ बजे  काठमाडौँ, मैतीदेवी मार्गस्थित सनवे कलेजमा चिया/कफी संगै सहभागीहरुको नाम दर्ता शुरु हुनेछ भने ९:३० बजेदेखि कार्यक्रम शुरु हुनेछ।

कार्यक्रममा एडब्लुएस एम्व्यासडर तथा ‘एडब्लुएस युजर ग्रुप नेपाल’ का अगुवा अञ्जनी फुयाँलले प्रस्तुति गर्नेछन् । यूकेमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी समेत रहेका फुयाँलले एडब्लुएसका क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रम, एडब्लुएस प्रविधिहरु तथा सर्वोत्तम अभ्यासहरुका बारेमा आफ्नो अनुभव तथा दृष्टिकोण साझा गर्नेछन् ।

कार्यक्रमको प्राविधिक सत्रमा एडब्लुएस इन्डियामा डेभलपर मार्केटिङ म्यानजरको रुपमा कार्यरत रिधिमा कपुरले प्रस्तुति दिने छिन् भने प्यानल छलफलपछि शुरु हुने ‘डेभअप्स ट्रयाक’ मा सन्दिप दास, तेजस गुप्ता, अभिनव दुबे, रामनिक कालरा लगायतका वक्ताले एडब्लुएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गर्ने छन्। 

त्यस पछि आयोजना गरिने ‘क्लाउड सेक्युरिटी ट्रयाक’ मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला, निलेश बाघेला र विशाल अल्हतले आफ्नो अनुभवहरु शेयर गर्ने छन्।  

शिक्वल फाउन्डेसनले ‘प्रविधिमा महिला’ प्यानल छलफलको सुरुवात गर्ने छ। शिक्वल फाउन्डेसन जीवनका सबै क्षेत्रहरुमा पुरुष र महिलाबीच समानता सुनिश्चित गरी महिलाहरुको व्यक्तित्वको पहिचान र सम्मान गर्ने एउटा गैर नाफामूलक संस्था हो।

अपरान्ह ४ बजे कार्यक्रम सकिए पछि सहभागी तथा वक्ताहरु बीच ‘नेटवर्किंग सेशन’ आयोजना गरिने छ।  

https://www.acdnepal.com मा गएर उक्त कार्यक्रमका लागि दर्ता गर्न तथा थप सूचना प्राप्त गर्न सकिने आयोजकले जनाएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू