शनिबार, वैशाख १५, २०८१
09:28 | १४:१३

पेरिस ओलम्पिकमा खेलाडीलाई निःशुल्क कन्डम

रासस, एएफपी मार्च २०, २०२४

पेरिस, चैत ७ – पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् ।

खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरू चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन् । टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसको विपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट अनावश्यकरूपमा बच्न’ आग्रह गरिएको थियो ।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि दुई लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपलब्ध गराइने पेरिस २०२४ मा प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताउनुभयो ।

“कति मानिसले कन्डमको प्रयोग गर्ने सम्भावना छ भन्ने हामीलाई थाहा छैन र स्पष्टरूपमा आवश्यक परेको खण्डमा हामी आवश्यकताअनुरूप हुनेछौँ”, उहाँले मङ्गलबार पत्रकारहरूसँग भन्नुभयो ।

सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीका बारेमा चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई केही हजार कन्डम पहिलोपटक निःशुल्क वितरण गरिएको थियो ।

त्यस बेलादेखि यो प्रत्येक ओलम्पिक आयोजनाका लागि एउटा परम्परा बनिसकेको छ । पछिल्ला दशकहरूमा वितरित कन्डमको सङ्ख्या नाटकीयरूपमा बढेको छ । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा एक लाख र सन् २०१२ मा लन्डनमा एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो ।

सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ । उक्त प्रतियोगितामा चार लाख ५० हजार कन्डम वितरण गरिएको थियो । यो प्रत्येक खेलाडीका लागि ४२ बराबर थियो ।

डालार्डले फ्रान्समा यौन सञ्चारित रोगहरू बढ्दै गएको उल्लेख गर्दै गाउँमा पोस्टरहरूले खेलाडीहरूलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोज्ने बताउनुभयो ।

युरोपेली सङ्घ ९इयु०को स्वास्थ्य एजेन्सीले गत वर्षको तुलनामा सम्पूर्ण महादेशमा यौन सञ्चारित सङ्क्रमण (एसटिआई) मा ‘समस्याजनक वृद्धि’ का बारेमा मार्च ७ मा चेतावनी दिएको थियो । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल ९इसिडिसी० का अनुसार सन् २०२२ मा इयुमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिसमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो ।

पेरिस खेलमा ओछ्यानहरू सबै एकल रहेको, कार्डबोर्डले बनेको र सामान्यतया एउटा कोठामा दुईवटा भएकाले पनि ती ओछ्यान अनाकर्षक हुन सक्छन् ।

पेरिसको उत्तरी उपनगरमा रहेको ओलम्पिक गाउँमा ओलम्पिक खेलका क्रममा करिब १४ हजार मानिस रहनेछन् । त्यसपछि पाराओलम्पिकमा नौ हजार मानिस बस्नेछन् । साइटमा खेलाडीहरूका लागि सामान्य खानपान क्षेत्र, दिनको २४सै घन्टा खाना सेवा गर्नेका साथै खेलकुद बार र खेल क्षेत्र पनि समावेश हुनेछन् । यद्यपि त्यहाँ कुनै मदिरा दिइने छैन ।

आयोजक समितिका ग्रामीण सञ्चालनका निर्देशक लरेन्ट मिचाउडले गाउँको भ्रमणका क्रममा पत्रकारहरूसँग भन्नुभयो, “यो पार्टीका लागि ठाउँ होइन, यदि उनीहरू पार्टी गर्न चाहन्छन् भने पेरिस जान सक्छन् ।”

पेरिसका एक वरिष्ठ आयोजकले अधिकांश कन्डम स्मृति चिह्नका रूपमा वा निःशुल्क उपहारका रूपमा घर लगिने अपेक्षा गर्नुभयो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू