बिहीबार, वैशाख २०, २०८१
04:40 | ०९:२५

रुसी सेनामा कार्यरत थप ७ नेपाली मारिए (नामावली)

नेपाली लिङ्क मार्च १४, २०२४

फाइल तस्विर

काठमाडौं- रुसी सेनामा कार्यरत थप ७ नेपाली युवाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विहीबार एक वक्तव्य जारी गर्दै उनीहरुको मृत्‍यु भएको पुष्टि गरेको हो। 

मन्त्रालयले जनाएअनुसार मृत्‍यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान छन्।  

मन्त्रालयले रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ।

त्यस्तै, मन्त्रालयले ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको उल्लेख गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू