सोमबार, वैशाख १७, २०८१
13:07 | १७:५२

तीन बिना विभागीय मन्त्रीले लिए शपथ

सत्ता समीकरण खेल: सबै जिम्मेवारी प्रधानमन्त्रीलाई

नेपाली लिङ्क मार्च ४, २०२४

काठमाडौँ । नवनियुक्त तीन बिना विभागीय मन्त्रीहरु हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शपथ लिएका छन् ।

नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हालेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन पनि गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये तामाङ माओवादी, गिरी एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् । तामाङ यसअघि खेल्कुद, गिरी स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।

पुरानो गठबन्धन भत्किएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नयाँ मन्त्रीमन्डलको तयारी भएको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू