सोमबार, वैशाख १७, २०८१
10:15 | १५:००

भत्कियो सत्ता गठवन्धन: एमाले, माओवादी, रास्वपासहितको नयाँ मन्त्रीमण्डल बन्दै

नेपाली लिङ्क मार्च ४, २०२४

काठमाडौं- अन्ततः नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै पुरानो गठबन्धन भत्किएको हो।

गत वर्ष १० पुसमा बनेको एमाले नेतृत्वको गठबन्धनलाई आधार मानेर नयाँ गठवन्धन बन्न लागेको नेताहरुले बताएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहने भएका छन्।  

तर आन्दोलन घोषणा गरिसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ गठवन्धनमा ईच्छुक देखिएको छैन्।

नयाँ सहमतिसंगै प्रधानमन्त्री प्रचन्डले पुराना मन्त्री हटाएर नयाँ मन्त्रीमण्डल् घोषणा गर्ने तयारी गरेका छन्। 

एमाले, माओवादी, रास्वपा र जसपाका एकएक मन्त्री बनाएर सोमबार नै शपथ गराइने भएको छ।

पहिलो चरणमा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने चर्चा छ।

बालुवाटारमा नयाँ गठवन्धनको बैठक

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू