शनिबार, वैशाख १५, २०८१
11:49 | १६:३४

‘एजेन्डा’ मा गृहकार्य नहुँदा अलमलमा गोर्खा वार्ता (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२४

लन्डन- गोर्खा भूतपूर्व  सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले पर्याप्त तयारी कमीले जारी त्रिपक्षीय गोर्खा वार्ता उपलब्धिपूर्ण बन्न नसकेको बताएका छन्।

वार्ताको टेबलमा बस्नुअघि लन्डनस्थित नेपाली दूतावासबाट आवश्यक गृहकार्य हुन नसकेको आरोप उनले लगाएका हुन्।  

नेपालीलिंकसंगको संवादमा सभापति राईले तयारीको कमी हुँदा ठोस एजेन्डाबिना नै वार्तामा बस्नुपरेका कारण प्रभावकारी नतिजा नआएको दावी गरे ।

वार्तामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने जिम्मा पाएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको भूमिकामाथि प्रश्न उठाउँदै उनले राजदूतबाट हुनुपर्ने अविभावकत्व अहिले भूपू गोर्खाहरुले महशुस गर्न नसकेको उल्लेख गरेका छन्।

गोर्खा संगठनहरुबीच सहकार्य र कार्यगत एकतामा आएको समस्याका कारण पनि वार्ताको प्रगतिमा विलम्ब भएको स्वीकारोक्ति सभापति राईको छ। गेसोसहित अन्य सबै संगठन सहमति र एकताको पक्षमा रहेपनि सत्याग्रह संघर्ष समिति बाधक बनेको आरोप उनले लगाएका छन्।

वार्ताको टेबलमा बेलायतसँग आफ्ना मुद्धाहरुमा ‘नेगोसिएट’ हुन सक्ने तर त्यो गोर्खाहरुको पक्षमा हुनुपर्ने राईको भनाइ छ।  

यसपटक फेरि पनि वार्तामा जालझेल गर्न बेलायतले कोशिश् गरिरहेको आशंका व्यक्त गर्दै उनले त्यो अवस्थामा बेलायत र नेपाल सरकारले समेत कल्पना नगरेको तहमा अन्दोलन चर्काउने चेतावनी दिएका छन्।  

हेरौं भिडियो: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू