शुक्रबार, जेठ ४, २०८१
03:02 | ०७:४७

राष्ट्रिय सभा निर्वाचन: अब प्रचारप्रसार निषेध

रासस जनवरी २२, २०२४

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं माघ ८–निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ।

प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा–सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन्।

राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदै छ। कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू