शनिबार, साउन १२, २०८१
07:01 | ११:४६

दुर्गा प्रसाईँ समूह र युवा संघका छुट्टाछुट्टै प्रदर्शन, झडप र ढुंगा हानाहान (तस्विर)

नेपाली लिङ्क नोभेम्बर २३, २०२३

काठमाडौँ ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूह र नेकपा एमालेनिकट युवा संघले गरेका छुट्टाछुट्टै प्रदर्शनका कारण विहीबार काठमाडौँ तनावग्रस्त बनेको छ ।

प्रसाईँ समूहले बल्खु र युवा संघले तिनकुनेमा गरेका प्रदर्शनहरुमा हजारौंको सहभागिता देखिएको छ।

प्रदर्शनका क्रममा बल्खुमा प्रसाईँ समूह र युवा संघका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।  

प्रसाईँ समूहमाथि प्रहरीले बल प्रयोग गर्दै अश्रु ग्यांस र पानीको फोहोरा प्रहार गरेको छ भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रसाईँ समूहले प्रहरीको घेरा तोड्दै बल्खुबाट सिंहदरबार कब्जा गर्ने भनेर कालिमाटीतर्फ लागेपछि दुई पक्षबीच पटकपटक झडप भएको छ।  

प्रसाईँ समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित विरोध प्रदर्शन गरेको हो।

उता, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले तीनकुनेमा गरेको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ गरेको छ। भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध काठमाडौंमा राष्ट्रिय युवा सघं नेपाल र अनेरास्ववियुले जनप्रदर्शन गरेको हो।

प्रदर्शनलाई सम्बोधन गर्दै एमाले युवा नेता महेश बस्नेतले महंगी, भ्रष्टाचार,अनियमितता विरुद्ध कार्यक्रम भएको बताए। 

गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरु तयार रहेको युवा संघले जनाएको छ।

बल्खुमा प्रसाईँ समूहको प्रदर्शन

युवा संघले तिनकुनेमा गरेको प्रदर्शन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू