बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

एनआरएनए निर्वाचनमा धाँधली भएको प्रमाणित गर्न असन्तुष्ट समूहलाई तेस्रो पटक पत्राचार

नेपाली लिङ्क नोभेम्बर २१, २०२३

लण्डन- गैरआवासीय नेपाली संघले गत १९ अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको निर्वाचनमा धाँधली भएको प्रमाणित गर्न असन्तुष्ट समूहलाई तेस्रो पटक पत्राचार गरेको छ ।  

निर्वाचनमा धाँधली भएको हो भने अन्तर्राष्ट्रियस्तरको स्वतन्त्र कम्पनी (नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी) बाट छानविन गर्न निकतम प्रतिस्पर्धीद्वय राजेन्द्र कुमार शर्मा (आर के शर्मा), महेश श्रेष्ठ र उपाध्यक्ष डा. केशव पौडेललाई पुनः पत्राचार गरिएको हो । 

दुई-दुई पटकसम्म पनि कुनै जवाफ नआएपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ मा पुनः पत्राचार गरिएको संघका प्रवक्ता फडिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

पत्र पठाएको मितिले ५ दिनभित्र सो सम्बन्धि प्रस्ताव पेश गरी सम्पन्न अनलाइन निर्वाचनको छानविन तथा थप सत्य तथ्य विश्लेषणसहितको स्वतन्त्र आइटी अडिट प्रक्रिया अगाडि बढाउने कार्यमा सहजीकरण गरिदिन पनि संघले अनुरोध गरेको छ । 

तोकिएको समयभित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिट व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू