शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

घाइतेको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह

रासस नोभेम्बर ८, २०२३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रिया सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिएका थिए  ।

जाडोयामको प्रारम्भमा अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू