बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

राष्ट्रपतिले सर्वसाधारणलाई लगाइदिए टीका र जमरा

रासस अक्टोबर २४, २०२३

राष्ट्रपति रामचन्द्र› पौडेल मंगलबार बिहान राष्ट्रपति भवन शितल निवासमा छोरा चिन्तन पौडेललाई विजया दशमीको टीका तथा प्रसाद लगाईदिंदै । तस्बिर- रासस

काठमाडौँ, ७ कात्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् ।
उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाइदिए ।
त्यस्तै राष्ट्रपति पौडेलले आजै दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिए ।
सर्वसाधारणको लाइन बाँकी नै रहेकाले निर्धारित समयभन्दा एक घण्टापछिसम्म पनि सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने क्रम जारी थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू