बिहीबार, वैशाख २०, २०८१
14:55 | १९:४०

युएईमाथि नेपालको रोमाञ्चक जीत

नेपाली लिङ्क अक्टोबर २३, २०२३

काठमाडौं- काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत  समूह चरणको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।

यूएईले दिएको १६५ रनको कठिन लक्ष्य नेपालले ४ बल र ५ विकेट बाँकी छँदै हासिल गर्‍यो। 

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो। जवाफी ब्याटिङमा नेपालले निकै खराब सुरुवात गर्‍यो।

११ रन जोड्दा ३ विकेट गुमाउँदा नेपालले प्रतियोगितामा पहिलो हार व्यहोर्ने ठानिएको थियो। तर दिपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङ, ओपनर आसिफ शेखको ६२ रनको अर्धशतकीय पारी र कप्तान रोहित पौडेलको ४७ रनको योगदानका बलमा नेपाल अन्तत: विजयी हुन सफल बन्यो।

आसिफले ओपनरको भूमिका निभाउँदै अर्धसतकीय इनिङ खेले । नेपाललाई संकटबाट निकाल्ने क्रममा उनको कप्तान रोहित पौडेलसँग चौंथो विकेटका लागि ९९ रनको साझेदारी भएको थियो। आसिफ ५० बलमा २ छक्का र ६ चौकासहित ६२ रन बनाएर आउट भए।

कप्तान रोहितले ४२ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ४७ रन बनाए ।विष्फोटक इनिङ खेलेका दीपेन्द्र भने १५ बलमा १ छक्का र छ चौकासहित ४० रन जोडेर अविजित रहे।

यसअघि यूएईले बासिर अहमदको आक्रामक ब्याटिङमा ४५ रनको मद्दतमा १६४ रनको स्कोर खडा गरेको थियो।

नेपालका लागि सोमपाल कामी र अविनाश बोहोराले दुई-दुई तथा गुल्सन झा र करण केसीले एक-एक विकेट लिएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू