शनिबार, साउन १२, २०८१
03:13 | ०७:५८

‘बेल्ट एण्ड रोड समिट’ मा अन्तर्राष्ट्रिय समुदायको अत्यधिक सहभागिता

रासस/सिन्ह्वा सेप्टेम्बर १२, २०२३

तस्बिर सिन्हवा

हङकङ । हङकङमा बुधबार हुने ‘बेल्ट एण्ड रोड’ शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायको अत्यधिक सहभागिता रहने चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बताएका छन् ।

लीले मङ्गलबार भने, “दुई दिने शिखर सम्मेलनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को १० औँ वार्षिकोत्सव मनाउँदै छ । महामारीपछि पहिलो पटक पूर्ण भौतिक रूपमा आयोजना हुने सम्मेलन निकै महत्त्वपूर्ण मानिएको छ ।”

आगामी शिखर सम्मेलनमा विभिन्न देश र क्षेत्रका छ हजारभन्दा बढी सहभागी र १०० भन्दा बढी प्रतिनिधिमण्डलको सहभागिता रहने र २० वटा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने उनले बताए । सम्मेलनमा कम्तीमा १० देशका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलनमा बीआरआईअन्तर्गत सहकार्यका अवसरहरूको खोजी गर्न पहिलो पटक मध्यपूर्व मञ्च हुनेछ । यसमा बीआरआई वित्तीय सेवामा सुधार ल्याउन र युवाहरूबीच आदानप्रदानलाई सहज बनाउन नयाँ वित्त शाखा र युवा शाखा पनि हुनेछन् ।

सिल्क रोड इकोनोमिक बेल्ट र एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रोडको सन्दर्भका रूपमा रहेको बीआरआई चीनले सन् २०१३ मा एसियालाई युरोप र अफ्रिकासँग जोड्ने व्यापारिक तथा पूर्वाधार सञ्जाल निर्माण गर्न सुरु गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू