शनिबार, साउन १२, २०८१
06:53 | ११:३८

टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढेको अमेरिकी चिन्ता

रासस/एएनआई सेप्टेम्बर ६, २०२३

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन ‘टिकटक’ राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पुरयाउने गरेको संघीय जाँच ब्यूरो (एफबीआइ) ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् ।

एफबीआइले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनायो । राष्ट्रपति जो बाइडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गरेको द हिलमा जनाइएको छ ।

जियानली याङ चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक र अध्यक्ष हुन् र ‘हाम्रो लागि, द लिभिङः ए जर्नी टु शाइन द लाइट अन ट्रुथ’ र ‘इट्स टाइम फर ए भ्यालुज बेस्ड ‘इकोनोमिक नेटो’ का लेखक हुन् ।

नीति नियमका विश्लेषकहरूले हानिकारक सोशल मिडिया कम्पनीहरूको डेटा संकलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्नेमा जोड दिँदै टिकटकमात्र व्यक्तिगत विवरण संकलन गर्ने पहिलो कम्पनी नभएको बताएका छन् ।

वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदहरूले गम्भीर भएर हेर्नुपर्ने सुझाव लिइएको छ ।

चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरूमात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण संकलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीतसंगीतदेखि उसले कति छिटो सवारी चलाउँभन्नेसम्मका सूचना संकलन गर्ने द हिलमा जियानलीले लेखेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू