सोमबार, वैशाख २४, २०८१
10:00 | १४:४५

भारतविरुद्ध शानदार प्रदर्शनका बाबजुद नेपाल १० विकेटले पराजित

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२३

लन्डन। एसिया कप क्रिकेटअन्तर्गत भारतसंगको ऐतिहासिक खेलमा नेपालले शान्दार प्रदर्शन गरेपनि पराजित भएको छ ।

भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एशियाकपबाट बाहिरिएको छ । तर क्रिकेटको विश्व महाशक्ति राष्ट्र भारतसँगको पहिलो भिडन्तमा नेपालले धेरैको अपेक्षामाथिको गतिलो टक्कर दिएको छ।

यसअघि टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो। वर्षाको कारण २३ ओभरमा छोट्ट्याइएको दोस्रो पारीमा भारतले १ सय ४५ रनको लक्ष्य पाएको थियो।

उक्त लक्ष्य भारतले ओभरमा बिना विकेटको क्षतिमा १७ बल बांकी छंदै पूरा गर्‍यो । ओपनर रोहित शर्मा र शुभम गिल दुवैले अर्धशतकीय पारी खेल्दै क्रमश: ७४ र ६७ रन बनाए।

यसअघि नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले ।

सोमपाल कामीले ४८ र ओपनर कुशल भुर्तेलले ३८ रनको महत्वपूर्ण योगदान गरे। त्यस्तै, दिपेन्द्रसिंह ऐरीले २९ तथा गुल्झन झाले २३ रन बनाए भने अन्य सबै ब्याट्सम्यान दोहोरो अंक जोड्न नसकी आउट भए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले सर्वाधिक तीन-तीन विकेट लिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू