शनिबार, जेठ ५, २०८१
05:05 | ०९:५०

प्रधानमन्त्री र डा. भट्टराईविरुद्ध कारण देखाउ आदेश

रासस जुन १३, २०२३

काठमाडौं, ३० जेठ–सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो ।

अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो ।

त्यस निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू