मंगलबार, वैशाख २५, २०८१
02:58 | ०७:४३

तमु समाज यूके अध्यक्षलाई पोखरामा सम्मान

नेपाली लिङ्क मे २०, २०२३

लन्डन । तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र प्रथम महिला श्रीमति मिना गुरुङलाई तमुधिं नेपाल पोखराले सम्मान गरेको छ । तमुधिं नेपाल, पोखराले १९ मे शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा गुरुङ दम्पत्तिलाई सम्मान हो ।

कार्यक्रममा तमुधिं नेपालको तर्फबाट तमु समाज 
यूकेका अध्यक्ष गुरुङलाई फेटा, भांग्रा, खादा र मायाको चिनो साथै प्रथम महिला श्रीमति मीना गुरुङलाई पनि खादा, पछ्यौरी र मायाको चिनो दिएर सम्मान गरियो ।

तमु समाज यूके अध्यक्ष गुरुङलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङले पनि तमु समाज पोखराका अध्यक्ष होम गुरुङलाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष होम गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष श्रीमति कर्म गुरुङ लगायत रि. मेजर लक्ष्मी प्रसाद गुरुङ, तमु समाज यू केका आजीवन सदस्य रि. क्या. हितमान गुरुङको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङले समाजको तर्फबाट रोधी घर निर्माणका लागि नगद रु. १ लाख ५ हजार तमु धिं नेपालका अध्यक्ष होम गुरुङलाई हस्तान्तरण गरे ।

साथै तमुधिं पोखराले निर्माण गरिरहेको गुरुङ जातिको पहिचान झल्कने संग्रहालयमा राख्न तमु समाज यूकेको तर्फबाट गुरुङ्हरुको पुरानो नृत्य घांटु नाच्दै गरेको आकृति राख्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

त्यसैगरी उनीहरुलाई तमु कलाकार संघ पोखराले पनि एक कार्यक्रम गरी सम्मान गरेको छ । संघका अध्यक्ष सुरेन्द्र गुरुङले सम्मान गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू