सोमबार, वैशाख २४, २०८१
01:23 | ०६:०८

उपराष्ट्रपतिसंगको भेटमा बेलायती राजदूतले भनिन्, ‘गोर्खा वार्ता सकारात्मक छ’

रासस मे ३, २०२३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको थियो ।

सो क्रममा उपराष्ट्रपति यादवले ६ मे २०२३ मा हुन लागेको बेलायतका राजा चार्ल्स तृतीयको शुभ राज्याभिषेक समारोह सफलताको कामना गरेका थिए ।

यादवले भूतपूर्व गोर्खा सैनिकका मागको विषयमा छिट्टै समाधान निस्कने विश्वास समेत व्यक्त गरेका थिए । प्रतिउत्तरमा राजदूत पोलिटले गोर्खा सैनिकले पुरयाएको योगदानका लागि आभार प्रकट गर्दै भूपू गोर्खा सैनिकको मागका विषयमा भएका वार्ता सकारात्मक ढंगले अघि बढिरहेको बताएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू