शनिबार, जेठ ५, २०८१
08:16 | १३:०१

राष्ट्रपति पौडेलले लिए शपथ, शीतल निवासबाट बिदा भइन् भण्डारी

नेपाली लिङ्क मार्च १३, २०२३

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । 

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथसंगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । 

२०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन्।

निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका थिए।

निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा उपहार प्रदान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल …’प्रचण्ड’ । तस्बिर-रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू