शुक्रबार, चैत १६, २०८०
22:28 | ०४:१३

बेलायती सांसदहरुको एक टोली नेपालमा

नेपाली लिङ्क मार्च १३, २०२३

लण्डन । बेलायती सांसदहरुको एक समूह नेपाल पुगेको छ ।  बेलायती इण्डो–प्यासिफिक राज्यमन्त्री एन मरी ट्रेभिलियन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै अर्को टोली काठमाडौँ पुगेको हो । 

बेलायती सांसद तथा आन्तरिक विकास कमिटीका चार जना सदस्य आज बिहान काठमाडौँ ओर्लिएका हुन् । 

कतार एयरलाइन्सको उडान नम्बर क्युआर ६५२ बाट बिहान ९ बजे काठमाडौँ उत्रिएको चार सदस्यीय टोलीमा सांसदहरु इयान रिचार्ड पेरेग्रिन, केट ओसामोर, वीरेन्द्रकुमार शर्मा र डोमिनिक हेनरी छन् । 

भ्रमणका दौरान उनीहरुले यहाँ विभिन्न राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू