शनिबार, जेठ ५, २०८१
06:18 | ११:०३

बेलायती मन्त्री काठमाडौंमा

नेपाली लिङ्क मार्च ८, २०२३

काठमाडौं ।  बेलायती इण्डो प्यासिफिक राज्यमन्त्री आन्ने मेरी ट्रेभ्लियान तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेकी छन् । राज्यमन्त्री आज बिहान ९ बजे दोहा हुँदै आएकी हुन् । 

निजी सचिव सौमा मोहापात्रसहित कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौंमा अवतरण गरेकी आन्नेको स्वागतमा बिहान बेलायती राजदूत निकोला पोलिटसहित तीन जना नेपाली कर्मचारी पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

नेपाल भ्रमणपछि उनी शुक्रबार बंगलादेशको राजधानी ढाका जाने कार्यक्रम छ । त्यसअघि भोलि दिउँसो मन्त्री आन्ने बिराटनगर जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

बिराटनगर जानुअघि भोलि बिहान झण्डै दुई घण्टा नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं बाहिर जाने कार्यतालिका समेत बनाइएको छ । त्यहाँबाट फर्केपछि बिराटनगर जाने र साँझ साढे ६ बजे राजधानी फर्कने व्यस्त कार्यक्रम तय भएको छ । 

नेपालको तीन दिने भ्रमण पूरा गरेर उनी शुक्रबार दिउँसो पौने १ बजे ढाका प्रस्थान गर्नेछिन् । त्यसअघि उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने भनिए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू