मंगलबार, चैत ६, २०८०
03:48 | ०९:३३

बेलायतमा मृत भेटिएका किरण पुनको हत्या नभएको प्रहरीको ठहर

नेपाली लिङ्क जनवरी २३, २०२३

लन्डन। बेलायतमा डेढ महिना बेपत्ता भएपछि मृत फेला परेका किरण पुनको हत्या नभएको ठहर प्रहरीले गरेको छ ।  

किरणको शवको पोस्टमार्टम रिपोर्टले उनको मृत्‍यु ‘शंकास्पद’ नदेखाएको प्रहरीले जनाएको छ।

बेलायतको अल्डरसटबाट गत डिसेम्बर १ तारिखदेखि बेपत्ता किरणको शव डेढ महिनापछि जनवरी १५ मा स्थानीय ब्रिकफिल्ड कन्ट्री पार्कभित्रको झाडीमा भेटिएको थियो।

ह्याम्प्शायर प्रहरीले किरणको मृत्‍युलाई शंकास्पद नरहेको भनेपनि कसरी मृत्‍यु भएको भने खुलाएको छैन ।

बेलायतको वील्सायर एम्सबरी निवासी भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका ३६ वर्षीय छोरा किरण गत १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनबाट बेपत्ता भएका थिए ।  

यसबीचमा किरणको हत्या आशंकामा ५ जना गिरफ्तार गरिएपनि उनीहरु सबैलाई प्रहरीले रिहा गरिसकेको छ ।

प्रहरीले किरणको खोजीमा साथ दिने र सूचना शेयर गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू