बिहीबार, वैशाख १३, २०८१
13:16 | १८:०१

लन्डनमा २३ वर्ष मुनीका नेपाली युवाबीच बास्केटबल प्रतियोगिता

नेपाली लिङ्क जनवरी २२, २०२३

लन्डन । नेपाल बास्केटबल यूकेले २३ वर्ष मुनीका नेपाली खेलाडीबीच लन्डनमा बास्केटबल प्रतियोगिता गरेको छ ।

२१ जनवरी शनिबार लन्डन फेल्थामस्थित स्प्रीङ वेष्ट एकेडेमीमा ‘एनबीयूके अण्डर-२३ नेपलिज बास्केटबल टुर्नामेन्ट’ भएको हो ।

इष्ट ग्रिजलिज र स्यान्डहर्स्ट निक्सबीच भएको फाइनलमा ५१-४० स्कोरसहित स्यान्डहर्स्ट निक्स वीनर बनेको छ ।

प्रतियोगितामा स्यान्डहर्स्ट निक्सका मिन्सोक आंगथोपोले मोष्ट भ्यालुएवल प्लेयर (एमभिपी) अवार्ड पाए भने स्यान्डहर्स्ट निक्सकै सुदन लिम्बुले वेष्ट डिफेन्सिभ प्लेयर अवार्ड पाएको नेपाल बास्केटबल यूकेका सचिव भुवन लिम्बुले जानकारी दिए ।

नेपाल बास्केटबल यूकेका उपाध्यक्ष सन्जय गुरुङले विजयी खेलाडीलाई अवार्ड प्रदान गरेका थिए ।

प्रतियोगितामा डिबीएस, स्यान्डहर्स्ट निक्स्, इष्ट ग्रिजलिज, खुकुरी, साउथ आसफोर्ड र वेष्ट स्पार्टन्स टिम प्रतिष्पर्धी थिए ।

प्रतियोगिता हेर्न करिब एकसय ५० दर्शक सहभागी थिए ।

नेपाल बास्केटबल यूकेले केही महिनाअघिमात्र बेलायतमा पहिलो पटक ‘नेपलिज बास्केटवल लिग प्रतियोगिता २०२२’ गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू