नेपाल मुक्तक प्रतिष्ठान, बेलायतको संयोजनमा २५ औं मुक्तक मेला



लण्डन । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाको संयोजनमा २०७९ पौष २ गते शनिबार/ १७ डिसेम्बर २०२२ तारिखका दिन २५ औं मुक्तक मेला सम्पन्न भएको छ।
केन्द्रिय अध्यक्ष रामकाजी कोने सभाध्यक्ष रहेको सो कार्यक्रम प्रमुख अतिथि उषा शेरचनबाट मुक्तक वाचनसहित उद्घाटन भएको थियो ।
प्रो. कुसुमाकर न्यौपानेको विषेश आतिथ्य रहेको सो कार्यक्रमका संयोजक डा. रुपक श्रेष्ठले कार्यक्रम उद्देश्य प्रकाश पार्दै उपस्थित सबैलाई आफनो मुक्तक सुनाउंदै स्वागत गरे।
उनको मुक्तक यस्तो थियो-
‘सहीलाई सही र गलतलाई गलत नै जनाउनुछ
सरल सरस जिन्दगी अमृत सिर्जनामा खनाउनुछ
पालिराखून उनिहरु नै गोरिल्ला र अरिंगालहरु
हामी त माहुरी हौं बस्, हामीले त मह बनाउनुछ’
बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले बेलायत शाखाको गतिबिधिबारे संक्षिप्त विबरण प्रस्तुत गरे।
शाखाका कोषाध्यक्ष राज श्रेष्ठबाट संचालित कार्यक्रम कुमार केसी तथा प्रतिमा केसीद्वारा ‘होस्ट’ गरिएको थियो।
कार्यक्रमका आकर्षण रहेका विशेष वाचक दीपक समीपले पहिलो सत्रमा सशक्त मुक्तक वाचन गरे ।
‘पासो नै सहि उनको प्रेममा अल्झिने रहर छ
छन त यो जूनीभरि उनीसंगै जोडिने रहर छ
अरे! कोहि त आऊ मलाई शहीद बनाइदेऊ
उनकै घर अगाडि सालिक भई उभिने रहर छ’
उनले पहिलो सत्रमा १० र दोश्रो सत्रमा ४ गरि १४ थान मुक्तक प्रस्तुत गरे भने प्रतिमा केसी, जीत बुढाथोकी, नानु राना, रेहित सैंजू, दुर्गा किरण तिवारी, बाबुराम पोख्रेल, मदन भण्डारी, लक्ष्मी रायमाझी खड्का, रोहिणी रसिक, यादब भट्टराई, कुमार के सी, गंगा भण्डारी, आर एन, आर पिसी, संगम, आनन्द श्रेष्ठ तथा डा. मधु माधुर्य, सुमलकुमार गुरुङ, जीत बुढाथोकी छन्त्याल, अनुराधा ढकाल तथा माया गुरुङले ३-३ थान मुक्तक वाचन गरेका थिए।
प्रमुख अतिथि शेरचनले कार्यक्रम तथा प्रस्तुत मुक्तकहरुमाथि संक्षिप्त टिप्पणी गरेकी थिइन् भने सभाध्यक्षले संयोजनका लागि बेलायत शाखा तथा उपस्थित सबैलाई मेला भब्य सफल बनाइदिएकोमा बधाई ज्ञापन गर्दै मेला विसर्जन गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५