बैंक अफ इंग्ल्यान्डद्वारा पुन: ब्याजदर वृद्धि, पुग्यो १४ वर्षकै उच्च



लन्डन ।बैंक अफ इंग्ल्यान्डले ‘बेसिक इन्ट्रेस्ट रेट’ (आधारभूत ब्याजदर) वृद्धिको घोषणा गरेको छ।
विहीबार बिहान बैंकले यसअघिको ३ प्रतिशतलाई बढाएर ३ दशमलव ५ प्रतिशत पुर्याइएको जनाएको छ । यससंगै बेलायतमा आधारभूत ब्याजदर पछिल्लो १४ वर्षयताकै सबैभन्दा उच्च पुगेको छ।
पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंक अफ इंग्ल्यान्डले ब्याजदर बढाएको यो नवौँ अवसर हो। गत डिसेम्बर महिनामा शून्य दशमलव १ रहेको ब्याजदर एक वर्षभित्रै ३ दशमलव ५ प्रतिशत पुगेको छ।
बैंक अफ इंग्ल्यान्डले ब्याजदर वृद्धिको क्रम अझै जारी रहने चेतावनी दिएको छ। आगामी वर्षको मध्यतिर यो दर साढे ४ प्रतिशत पुग्ने आँकलन गरिएको छ जुन यसअघि अनुमान गरिएको भन्दा भने केही न्यून हो।
बैंकले वर्षको अन्तिम त्रैमासिक अवधिमा देशको अर्थतन्त्रमा शून्य दशमलव १ प्रतिशतको संकुचन आँकलन गरेको छ । जुन यसअघि अनुमान गरिएको शून्य दशमलव ३ प्रतिशतभन्दा धेरै न्यून हो।
दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले आक्रान्त बनेका बेलायतीहरुमाथि बैंकको आधारभूत ब्याजदर वृद्धिले थप मार पार्ने निश्चित छ।
सम्बन्धित सामग्रीहरू

ट्रम्प बेलायत आउनुअघि अमेरिकी वित्त कम्पनीहरूले गरे एक अर्ब २५ करोड पाउन्ड लगानी घोषणा
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५