बिहीबार, १० जुलाइ, २०२५
05:19 | १०:०४

जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिमा दाहाल, संगठन विस्तार मुख्य एजेन्डा

नेपाली लिङ्क डिसेम्बर १४, २०२२


लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को कार्यकारी अधिकार सभापति महेशकुमार दाहालको कांधमा आइपुगेको छ । 

गत वर्ष २७ नोभेम्बर २०२१ का दिन सम्पन्न समितिको पाँचौं अधिवेशनमा भएको सहमति एवं निर्वाचन समितिको निर्णय बमोजिम २८ नोभेम्बरदेखि दाहाल कार्यकारी सभापति बनेका हुन् । 

गत वर्ष चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक वर्ष नेतृत्व गर्ने सहमति गरेको थियो ।

सभापति दाहालले एक विज्ञप्ति जारी गर्दै विगत केहि समय देखि जनसम्पर्क समिति बेलायतको विगत अधिवेशनको प्रक्रियासंग असहमति राखी उपस्थित नभएका साथीहरुलाई संवाद, एकता र सहकार्यका लागि आहवान गरेका छन् ।

दाहालले निकट भविष्यमा नेपाली कांग्रेस पार्टीको साख अझै बढाउन र जनहित सरोकारको विषयमा समितिले अझै प्रभावकारी काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

‘निकट भविष्यमा नेपाली जनसम्पर्क समिति बेलायतको संगठन विस्तार, क्षेत्रीय समितिहरु विस्तार कार्य तीव्र रुपमा लानेछु र यो मुख्य मुख्य शहरमा गरिने छ’, उनले भने ।  

सभापति दाहालले आफ्नो कार्यकाल पुरा गरेका निवर्तमान सभापति युवराज गुरुङलाई पनि धन्यवाद दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू