बुधबार, २४ जुन, २०२६
00:14 | ०४:५९

बेलायतमा तालमा डुबेर तीन बालकको मृत्यु

रासस/एएफपी डिसेम्बर १२, २०२२

लण्डन, २६ मङ्सिर–मध्य इङ्ल्यान्डको बर्मिङ्घम नजिकैको हिमतालमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्ष मुनिका तीन बालक छन् भने तालमा डुबेको बेलामा उद्धार गरिएका एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले सोमबार जनाएको छ ।

सोलिहुलस्थित बब्स मिल पार्कमा रहेको तालमा डुबेर तीन बालकको मृत्यु भएको हो ।

मृतकमध्ये आठ, १० र ११ वर्षका ती बालकलाई पानीबाट निकालेपछि अस्पताल लगिएको वेस्ट मिडल्यान्ड्स प्रहरीले जनाएको छ । उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू