बुधबार, २४ जुन, २०२६
00:14 | ०४:५९

बेलायतभर हिमपात, जनजीवन प्रभावित

नेपाली लिङ्क डिसेम्बर १२, २०२२

तस्बिर एएफपी

लन्डन। बेलायतभर हिमपात र कठ्यांग्रिदो चिसोले जनजीवन प्रभावित बनाएको छ। 

हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ भने कयौं उडानहरु पनि स्थगित गरिएका छन्।  

लन्डनसहित पूर्वी तथा मध्य इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न क्षेत्रमा आइतबारबाट हिउँ परेको थियो जसकारण सोमबार पनि सडक, रेल तथा हवाई यातायात अवरुद्ध भएका छन् भने कतिपय क्षेत्रमा स्कुलहरु समेत बन्द गरिएका छन् ।  

बेलायतको मौसम विज्ञान विभागले आइतबार राती यो वर्षकै सबैभन्दा चिसो राती भएको उल्लेख गरेको छ।  

आउंदो केही दिनभित्र विभिन्न समयमा स्कटल्याण्ड तथा इंग्ल्यान्डका दक्षिण पूर्वी र उत्तरी क्षेत्रहरुको लागि ‘आइस अलर्ट’ जारी गरिएको छ।

थप हिमपातको सम्भावना नरहेपनि पहिले नै परेको हिउंका कारण जनजीवनमा कठिनाइहरु कायम रहने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू