बिहीबार, कार्तिक ८, २०८१
17:57 | २२:४२

सुब घलेको अध्यक्षतामा बघेता समाज यूकेको नयां कार्यसमिति चयन

नेपाली लिङ्क डिसेम्बर ६, २०२२

लन्डन । बाघेता (बाहुनडाँडा घेर्मु ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत ३ डिसेम्बर शनिबार हेक्स्हाम कम्युनिटी सेन्टर रेडिङमा सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेम गुरुङ, सचिवमा तेज घले, कोषाध्यक्षमा सुरेन्द्र घले र सदस्यहरुमा दिल माया गुरुङ, रामकाजी गुरुङ, प्रिति घले, परास गुरुङ (राजु) युवा सदस्य र दीपक घले प्रोपर्टी सदस्य चयन भएका छन् ।

समाजका अध्यक्ष क्याप्टेन देव घलेको अध्यक्षतामा सम्पन्न १३ औं साधारणसभाको पहिलो चरणमा विविध बिषयमा छलफल भएको थियो । साधारणसभामा अध्यक्ष घलेले आफूले ११ वर्ष देखि कार्यसमितिको नेतृत्व गरेको बताउँदै आफ्नो लामो कार्यकालमा कार्यसमितिलाई साथ, सहयोग, सल्लाह र सुझाव दिने सबै समाजका सल्लाहकार, कार्यसमिति, आमाहरु र सदस्यहरुलाई धन्यवाद दिए ।

उनले उक्त साधारणसभाले पाँचौं कार्यसमिति चयनका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण गुरुङ प्रमुख निर्वाचन आयुक्त, सल्लाहकार कृष्ण घले र सल्लाहकार कर्ण गुरुङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको बताउँदै आफूले अध्यक्षता गर्दै आएको चौंथो कार्यसमिति विघटन भएको जानकारी गराएका थिए ।

उक्त कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउंदै सुब घलेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुब घलेले सबैको साथ, सहयोग, सुझाव र सल्लाहको अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको अन्त्यमा बेलायतका विभिन्न स्थानबाट सहभागी भएका बाघेता समाज यूके सदस्यहरुले नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिदैं लाहुरे काइदाको मेसिङ (भोजन) मा रमाए ।

स्मरण रहोस्, बाघेता समाज यूके लमजुङ जिल्लाको बाहुनडाँडा घेर्मु ताघ्रिङ पुख्र्यौली घर भई हाल बेलायत बसोबास गर्ने वडावासीहरुले सन् २०१० मा स्थापना गरेको सामाजिक संस्था हो ।

स्थापना कालदेखि प्रत्येक वर्ष बेलायतमा वार्षिक भेटघाटलगायत कार्यक्रम गर्दै आएको समाजले आफ्नो गाउँमा १ वटा एम्बुलेन्स खरिद गरी प्रदान गरिसकेको छ भने स्थानीय प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयलाई आर्थिक सहयोग र आर्थिक अवस्था कमजोर भएका विरामीहरुको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको निवर्तमान अध्यक्ष क्याप्टेन देव घलेले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू