मंगलबार, चैत ६, २०८०
09:53 | १५:३८

ब्रिटिश गोर्खाहरुले सके ३९ साताको कठोर प्रशिक्षण

नेपाली लिङ्क डिसेम्बर ५, २०२२

लन्डन । ब्रिगेड अफ गोर्खाजका नयां सदस्यहरुले करिब ९ महिनाको कठोर प्रशिक्षण सकेका छन् ।

क्याट्रिकस्थित इन्फेन्ट्री तालिम केन्द्रमा तालिम समापनपछि गोर्खाहरु पासआउट परेडमा सहभागी भए ।

गोर्खा रिक्रुट इन्टेक २२ का सदस्यहरुले गत फेब्रुअरीदेखि गोर्खा कम्पनी क्याट्रिकमा ३९ साताको प्रशिक्षण शुरु गरेका थिए ।

पास आउट परेडमा ब्रिगेड अफ गोर्खाजका कर्णेल कमानडेन्ट लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले दापबाट खुकुरी झिकेर सावधानीपूर्वक उभिएका सिपाहीहरुको निरीक्षण गरेका थिए ।

‘गोर्खा सैनिक हुनु भएकोमा तपाईंहरु गौरव गर्नुहोस् , तर आफ्नो सादगीपना र इमान्दारी चाहिं नछाड्नु होला’- उनले भने।

गोर्खा भर्तीका लागि वर्षेनी हजारौं नेपाली युवाले आवेदन दिने गरेपनि थोरैमात्र छानिएर बेलायत आउन सक्छन् । सन् १९९७ अगाडि भर्ती भएका भूतपूर्व गोर्खाहरुले समान पेन्सन र अन्य सेवा सुविधामा विभेद झेल्नु परिरहेपनि नयां गोर्खा भने अंग्रेज सैनिक सरह नै सेवा सुविधा पाउने भएर ब्रिटिश सैन्य जागिरका लागि निकै आकर्षित हुने गरेका छन् ।

अहिले ब्रिटिश सैन्य सेवामा करिब तीनहजार गोर्खा सैनिक रहेको अनुमान छ ।

तस्बिर- गोर्खा ब्रिगेड एसोसिएसन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू