शुक्रबार, चैत १६, २०८०
13:00 | १८:४५

बीसीसी गुम्बा अल्डरसटमा कालु रिन्पोछेले दिए प्रवचन

पूर्ण गुरुङ डिसेम्बर २, २०२२


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके अल्डरसटमा हाल बेलायत भ्रमणमा रहेका श्रद्धेय गुरु हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले ध्यान र योगाबारे प्रवचन दिएका छन् ।

रिन्पोछेले ३० नोभेम्बर बुधबार अल्डरसटस्थित बीसीसी गुम्बामा प्रवचन दिएका हुन् । 

शङ्पा कग्यु ट्रेडिसनका प्रमुख समेत रहेका भारत दार्जलिङमा जन्मिएका हिज इमिनेन्स (एचई) कालु रिन्पोछेले ध्यान र निगुवा योगा अभ्यासबारे आफ्नो अनुभव सुनाउँदै ध्यान र योगा अभ्यासले मानव जीवनमा ल्याउने परिवर्तन र यसलाई अभ्यास गर्ने विधि जानकारी दिए । 

उनले मानिसले जुनसुकै विषयको अभ्यास गरेपनि सावधानीपूर्वक र कसैलाई देखाउन वा प्रमाणित गर्न नहुने जनाए । 

बीसीसी यूके उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त प्रवचनमा बीसीसी यूके संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएम, महासचिव क्याप्टेन देव घले, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा सचिव एवं कार्यवाहक आमा अध्यक्ष शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ, आमा अध्यक्ष दिलमाया गुरुङ, सल्लाहकार, ट्रष्टीज, आजीवन सदस्यलगायत आमाहरुको उल्लेखनीय उपस्थिति थियो । 

त्यस्तै, गुरु रिन्पाछेका स्थानीय बेलायती अनुयायीहरुको समेत उपस्थिति थियो । 

उक्त प्रवचनमा बीसीसी यूके कावा अध्यक्ष आङ्गदावा शेर्पाले आफ्नो निमन्त्रणा स्वीकार गरी प्रवचन दिएकोमा धन्यवाद दिएका थिए । कावा अध्यक्ष शेर्पा र कावा आमा अध्यक्ष गुरुङले संयुक्त रुपमा रिन्पोछेलाई मायाको चिनो प्रदान गरे । 

कार्यक्रम संयोजक समेत रहेका बीसीसी यूकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन गर्दै रिन्पोछेबारे छोटो परिचय दिएका थिए । 

करिब ६० जनाको उपस्थिति रहेको उक्त प्रवचनमा सहभागीले हिज इमिनेन्सलाई फुलको गुच्छा र खादाले स्वागत गरेका थिए । 

सो अवसरमा रिन्पोछेले बीसीसी यूकेको प्राङ्गगणमा रहेको शाक्यमुनी बुद्धको मूर्ति, छोर्तेन र गुम्बाभित्र पूजा हलमा समेत पूजापाठ गरे ।

बेलायतका विभिन्न स्थानबाट आएका रिन्पोछेका अनुयायीहरुको समेत उल्लेख्य उपस्थिति रहेको उक्त प्रवचनको अन्त्यमा सहभागी भक्तजनहरुले हिज रिन्पोछेबाट आर्शिवाद समेत लिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू