शुक्रबार, वैशाख १४, २०८१
17:03 | २१:४८

वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

नेपाली लिङ्क नोभेम्बर २९, २०२२

लन्डन। इंग्ल्यान्डले कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

मंगलबार बेलुका समूह चरणको तेस्रो तथा अन्तिम खेलमा वेल्सलाई ३ शून्य गोलले हराउँदै इंग्ल्यान्ड प्रि क्वार्टरफाइनल राउन्ड प्रवेश गरेको हो। 

जम्मा तीन खेलमा दुई जीत र एक बराबरीसहित इंग्ल्यान्ड समूह बीको विजेताका रुपमा अर्को राउन्ड पुगेको छ।

मंगलबार नै इरानलाई हराउँदै अमेरिकाले पनि उक्त समूहको उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पाएको छ भने यो समूहबाट इरान र वेल्स बाहिरिएका छन्।

वेल्समथिको जीत निकाल्न इंग्ल्यान्डका लागि मार्कस् रास्फोर्डले दुई र फिल फोइडनले एक गोलको योगदान गरेका थिए। 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५० औँ मिनेटमा रास्फोर्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो गोलको एक मिनेटपछि फिल फोइडनले अर्को गोल थपे भने तेस्रो गोल ६८ औँ मिनेटमा फेरि रास्फोर्डले नै गरे।

अब प्रि क्वार्टर राउन्डमा इंग्ल्यान्डले समूह ‘ए’ को उपविजेता सेनेगलको सामना गर्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू