शुक्रबार, वैशाख १४, २०८१
07:53 | १२:३८

नर्सिङ एसोसिएसन यूकेले नेपाली नर्सहरुलाई निशुल्क ओइटी तयारी कक्षा उपलब्ध गराउंदै

नेपाली लिङ्क नोभेम्बर २८, २०२२

फाइल फोटो

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले बेलायतमा रहेका नेपाली नर्सहरुलाई निशुल्क ओइटी तयारी कक्षा उपलब्ध गराउने भएको छ ।

एसोसिएसनले नेपालबाट आएका तर अंग्रेजी कक्षा नलिएका वा एनएमसीमा रजिष्टर्ड नभएका नर्सहरुलाई लक्षित गरि अनलाइन ओइटी तयारी कक्षा सञ्चालन गर्न लागेको हो । एसोसिएसनले डिसेम्बरदेखि अनलाइन ओइटी तयारी कक्षा उपलब्ध गराउन लागेको एसोसिएसन अध्यक्ष सुनिता गौतमले जनाइन् ।

सिमित सिट रहेको जनाउंदै एसोसिएसनले संस्थाको इमेल [email protected] मार्फत नाम दर्ता गराउन आव्हान गरेको छ ।

अन्जना सापकोटा खतिवडा

५ साताको उक्त अकुपेशनल इंग्लिस टेष्ट (ओइटी) कक्षा एसोसिएसनकी कार्यकारी सदस्य तथा ओभरसिज नर्स कोअर्डिनेटर अन्जना सापकोटा खतिवडाले सञ्चालन गर्नेछिन् । ओइटी यूके ट्रेनर अन्जना रजिष्टर्ड नर्स, डेन्टल नर्स एवं एनएचएस क्लिनिकल प्राक्टिस एजुकेटर पनि हुन् ।

बेलायतको ‘क्वालिफाइड’ नर्स बन्न ओइटी परीक्षा अनिवार्य छ ।

एसोसिएसनले लाइभ योगा र नृत्य कक्षा पनि सञ्चालन गर्ने तयारी गरिरहेको अध्यक्ष गौतमले जनाइन् ।

एसोसिएसन एनएचएस इंग्ल्याण्डबाट मान्यता प्राप्त पेशेवर संस्था हो र यो इन्टरनेशनल नर्सेस एसोसिएसन यूके (आएनएमए यूके) को पनि एक अंग बनेको छ जुन संस्थामा २२ विभिन्न मुलुक प्रतिनिधित्व गर्ने नर्सेस एसोसिएसन आवद्ध छन् ।

एसोसिएसन अध्यक्ष गौतमले नेपालका रजिष्टर्ड नर्सहरु जो अहिले बेलायतमा हेल्थ केयर असिस्टेन्स, डेन्टल नर्स वा अन्य क्षेत्रमा काम गरिरहेका छन्, उनीहरुलाई सदस्यता लिइ आवश्यक परामर्श वा सुझाव सल्लाह लिन आग्रह गरेकी छन् ।

एसोसिएसनले पहिलो बर्षको सदस्यता शुल्क नलिने जनाएको छ   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू