बिहीबार, वैशाख १३, २०८१
00:00 | ०४:४५

विश्वकप फुटबलः उरुग्वे र दक्षिण कोरिया बराबरीमा

रासस नोभेम्बर २४, २०२२

तस्बिर एएफपी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यस बराबरी खेलसँगै समूह एचमा रहेको उरुग्वे र दक्षिण कोरियाले समान एक–एक अंक जोडेका छन् । आजै यस समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू