बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित  

रासस नोभेम्बर २१, २०२२

काठमाडौँ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त गरी विजयी भएका हुन् ।
कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गरे ।
उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६  मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरेका छन् ।
साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू