शुक्रबार, वैशाख १४, २०८१
18:39 | २३:२४

विश्वकपमा इंग्ल्यान्डको शानदार सुरुवात, इरानविरुद्ध ६-२ को जीत

नेपाली लिङ्क नोभेम्बर २१, २०२२

लन्डन–कतारमा जारी विश्वकप फुटबल २०२२ को उपाधि दाबेदारमध्ये एक इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ।  

सोमबार समूह चरणको पहिलो खेलमा इरानलाई ६-२ गोलले पराजित गर्दै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो।

खेलको पहिलो हाफमै तीन गोलको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफको ६२ औँ, ७१ र ८९ औँ मिनेटमा पुन: एकएक गोल थपेको थियो।  

खेलको ६५ औँ मिनेटमा इरानको लागि तारेमीले एक सान्त्वना गोल फर्काएका थिए । खेल सकिन एक मिनेटपूर्व पाएको पेनाल्टी सदुपयोग गर्दै उनले दोस्रो गोल गरेका थिए।  

इंग्ल्याण्डका लागि साकाले दुई तथा बेलिङहम, स्टर्लिङ, रास्फोर्ड र ग्रेलिसले एकएक गोलको योगदान गरेका थिए।  

समूह बीमा रहेको इंग्ल्याण्डले अर्को खेल आगामी विहीबार अमेरिकासँग खेल्नेछ भने समूहको अन्तिम खेल अर्को साता मंगलबार वेल्ससँग हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू