बिहीबार, वैशाख २७, २०८१
20:52 | ०१:३७

मीनप्रसाद र कमललाई सहारा यूके अवार्ड

नेपाली लिङ्क नोभेम्बर २१, २०२२

लन्डन। सहारा यूकेले बेलायतस्थित दुई सक्रिय सामाजिक अभियन्तालाई अवार्डसहित सम्मान गरेको छ।

तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ र वर्तमान कोषाध्यक्ष एवम् व्यवसायी कमल कोने गुरुङ सम्मानित भएका हुन्।

तमुधिं यूके संस्थापक तथा समाजसेवी मिनप्रसाद गुरुङलाई’ सहारा यूके स्पेशल अवार्ड २०२२’ प्रदान गरियो भने सहारा यूके अवार्ड २०२२ बाट व्यवसायी तथा समाजसेवी कमल गुरुङ सम्मानित भए।  

शनिबार साँझ अल्डरटमा आयोजित सहारा यूकेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य र सहारा यूके अध्यक्ष कुसाङ गुरुङले दुवैलाई दोसल्लासहित अवार्ड प्रदान गरे ।

सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तित्वको नाम घोषणा गर्दै उनीहरुको योगदानबारे जानकारी दिएका थिए। 

पूर्व अध्यक्षहरु मीनबहादुर गुरुङ ‘साइला’, कुमार गुरुङ, दिलिप गुरुङ, नवीन गुरुङ र वर्तमान अध्यक्ष कुसाङ गुरुङ संयोजक रहेको छनोट समितिले उक्त अवार्ड दिने निर्णय गरेको थियो।

सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सदस्यहरुलाई सहारा यूकेले वर्षेनी अवार्ड प्रदान गर्दै आएको छ।  

सोही अवसरमा  बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाजसेवा रत्न’ पदक पाएका सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङलाई पनि राजदूत र अध्यक्षबाट बधाइसहित विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू