शनिबार, वैशाख १५, २०८१
19:17 | ००:०२

बेलायतको स्वीन्डनमा नेपाली दूतावासको घुम्ती सेवा

नेपाली लिङ्क नोभेम्बर २०, २०२२

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायतको स्वीन्डनमा घुम्ती सेवा प्रदान गरेको छ ।

नेपलिज एसोसिएसन अफ वील्सायरको संयोजनमा दूतावासले शनिबार स्वीन्डनस्थित बकहर्स्ट कम्युनिटी सेन्टरमा कन्सुलर सेवा प्रदान गरेको हो ।

दूतावासका द्वितीय सचिव रामबाबु नेपालको नेतृत्वमा सो सेवा प्रदान गरिएको थियो ।

सो अवसरमा ३० जनाको इ-राहदानी र तीन जनाको एनआरएनए कार्ड बनाइएको हो । बिहान १० बजेदेखि सांझ ६.३० सम्म सेवा प्रदान गरिएको थियो ।

एसोसिएसन अध्यक्ष ज्ञान गुरुङले दूतावासप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस खालको सुविधा मिल्ने विश्वास व्यक्त गरे ।

एसोसिएसनले केही महिनाअघि पनि यस्तै घुम्ती सेवा व्यवस्थापन गरेको थियो ।

वृद्धवृद्धा नेपालीलाई भाषा समस्या र लन्डनसम्म आउन जान गारहो हुने भएकाले यो सुविधा मिलाइएको अध्यक्ष गुरुङले बताए ।

एसोसिएसनले हरेक शुक्रबार वृद्धवृद्धाबीच भेटघाटको अवसर जुटाएर उनीहरुलाई एकापसमा दुःख सुःख साटासाट गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू