पर्वत वेलफेयर सोसाइटी यूकेमा नयां नेतृत्व



लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेमा नयां नेतृत्व चयन भएको छ । आइतबार अल्डरसटमा सम्पन्न सोसाइटीको ९ औं अधिवेशनले अप्सरा गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरज पौडेल, उपाध्यक्षहरुमा भरत पौड्याल र विक्रम मल्ल, महासचिवमा सञ्जय भण्डारी, सचिवद्धयमा भक्त राना र गंगा क्षेत्रीलाई चयन गरेको छ ।
त्यसैगरि कोषाध्यक्षमा भीमलाल भट्टराई, सह–कोषाध्यक्षमा ढाकाराम बस्याल तथा सदस्यहरुमा शान्ता गुरुङ, लिडिया गुरुङ, सुप्रिया गुरुङ, जीवन तिवारी, बिन्दु गुरुङ, निर्मला गुरुङ, मना गुरुङ, विष्णु गुरुङ र हितमान गुरुङ छनोट भएका छन् ।
नयां कार्यसमितिको कार्यकाल सन् २०२२ देखि ०२४ सम्म हुनेछ ।
कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका संस्थापक अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष नेत्र आले, पूर्व अध्यक्ष दधी आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार पुरण गिरी, सल्लाहकारहरु ज्ञाम गुरुङ, कुसाङ गुरुङ, हरि गुरुङ, जुमकाजी गुरुङ, थर्क राना, युवन गुरुङ लगायतले नवगठित कार्यसमितिलाई बधाइसहित शुभकामना दिएका थिए ।
सन् २००२ मा स्थापित सोसाइटीले नेपाल तथा बेलायतमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष अप्सरा गुरुङ (दायां) र वरिष्ठ उपाध्यक्ष सुरज पौडेल
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५