बिहीबार, कार्तिक ८, २०८१
17:54 | २२:३९

बीसीसी यूकेद्वारा खेन्पो केल्जङको विदाई

पूर्ण गुरुङ नोभेम्बर १३, २०२२


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले भुटानबाट बेलायत आएका खेन्पो केल्जङलाई एक कार्यक्रमबीच विदाई गरेको छ ।

गत शुक्रबार ११ नोभेम्बरका दिन  बीसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे समातेन, खेन्पो टासी छिरिङ, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुले बीसीसी यूकेको अल्डरसटस्थित गुम्बाबाट खादा लगाई विदाई गरिएको हो ।  

बीसीसी यूकेको निमन्त्रणामा गत जुनमा बेलायत आएका खेन्पो गुरुले अल्डरसटस्थित गुम्बामा रहेर विभिन्न पूजापाठ गर्ने, बौद्ध दर्शनबारे प्रवचन र पूजा विधिबारे जानकारी गराएका थिए । 


बीसीसी यूकेले यसअघि २३ अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरेको थियो । शुक्रबार उनी आफ्नो देश भुटान फर्केका हुन् । उनलाई बीसीसी यूकेका महासचिव क्याप्टेन देव घले र आमा सचिव शारदा गुरुङले हिथ्रो विमानस्थलसम्म पुरयाएर विदाई गरे । 

स्मरण रहोस्, बीसीसी यूकेले बिशेषगरी नेपालबाट धर्मगुरुहरुलाई निमन्त्रणा गरी बेलायतमा रहेका बौद्ध धर्मावलम्वीहरुलाई बौद्ध दर्शन, पूजा विधि, संस्कारलगायत विषयमा प्रवचन र अभिशेष प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू