अल्डरसटमा नेपालीले पनि मनाए रिमम्बरेन्स डे (तस्विरहरु)



लन्डन – विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै वर्षेनी मनाइने रिमम्बरेन्स डे बेलायतका नेपालीले पनि मनाएका छन्।
ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा शनिबार अल्डरसटमा उलेख्य नेपालीको सहभागितामा उक्त दिवस मनाइयो।
जीआरएनसी अध्यक्ष मान गुरुङका अनुसार स्थानीय प्रिन्सेस गार्डन कार पार्कबाट मार्च पास गर्दै प्रथम भीसी कुलवीर थापाको शालिकअगाडि पुगेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त पुर्खाहरुको स्मृतिमा भेला भएर श्रद्धाञ्जली अर्पण गरिएको उनले बताए।
क्याप्टेन रिटायर्ड ग्यारी घलेले सञ्चालन गरेको कार्यक्रममा सह संयोजक मेजर रिटायर्ड खिम गौचनले इतिहासबारे जानकारी गराए ।
त्यस अवसरमा दुई मिनेट मौनधारणपछि पाइपर धुन बजाइएको थियो भने लामा गुरुले मन्त्र उच्चारण गरेका थिए।
सो अवसरमा जीआरएनसी अध्यक्ष मानगुरुङ, रश्मोर बरो मेयर काउन्सिलर जोन मार्स, लेफ्टिनेन्ट कर्णेल निक बुर्ले, काउन्सिल लिडर डेभिड क्लिफोर्डसहित नेपाली समुदायका अगुवाहरुले रिथ चढाएका थिए।
काउन्सिलर जीव बेल्वासे, काउन्सिलर नेम थापा, कम्युनिटीका पूर्व अध्यक्षहरुसहित अन्य सहभागीले फूलको गुच्छा अर्पण गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्युजीआरयल, गोर्खा आमा समूह अल्डरसट, इम्पायर हल, विभिन्न नेपाली संघसंस्था हरु, संयोजक ग्यारी घले, सहसंयोजक खिम गौचन, विशाल गुरुङ र श्याम श्रेष्ठ, सम्पूर्ण कार्यसमिति, सल्लाहकारहरु, सदस्यहरु र अन्य सबैप्रति अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका छन्।
थप तस्विरहरु- (सौजन्य-एज्रा श्रेष्ठ )













सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



