बिहीबार, कार्तिक ८, २०८१
17:54 | २२:३९

बेलायतमा सार्थक र अर्थपूर्ण जीवन जीउन सिकाउने कार्यक्रम हुँदै

नेपाली लिङ्क नोभेम्बर १०, २०२२


लन्डन । मानिसलाई कसरी सार्थक तथा अर्थपूर्ण जीवन जीउन प्रेरित गर्ने भन्ने सम्बन्धमा हुने चौथो ‘अनलिस योर इन्नर सेल्फ’ कार्यक्रम आउँदो २६ नोभेम्बर शनिबार र २७ नोभेम्बर आइतबार तय भएको छ । 

उक्त इभेन्ट बिहान ९ देखि दिउसो ३ बजेसम्म भिलेज होटल फार्नबोरो    होलिडे इन् फार्नबोरोमा हुँदैछ। 

कार्यक्रमको प्रभावकारिता र बढ्दो मागलाई मध्यनजर गर्दै पुन: गर्न लागिएको आयोजक युवा व्यवसायी मान गुरुङले जानकारी दिए। उक्त कार्यक्रमबाट वचत रकमको केही प्रतिशत सामाजिक सेवामा खर्च हुने पनि गुरुङले बताए । 

उक्त कार्यक्रमबाट सकारात्मक सोच विकास, ब्यवसाय सम्बन्धि सीप र सफलताको सुत्र, जीवन जिउने पद्दति सिकिने, शारीरिक ब्यायामप्रति झुकाव, भेटघाट र आपसी चिनजानको अवसर प्राप्त हुने गुरुङले बताए । 

उक्त कार्यक्रममा नेपालबाट चिरपरिचित मनोविज्ञ तथा लाइफ कोच इन्द्र गुरुङ, मोहन गुरुङ, श्याम श्रेष्ठ, सुमन पुन, मान गुरुङ, मेजर रि. हितमान गुरुङ, मेख गुरुङ आदि प्रमुख वक्ता रहने छन् ।

कार्यक्रममा जुमबाट पनि सहभागी हुन सकिने र टिकट अनलाइनबाट किन्न मिल्ने जनाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू