शनिबार, साउन ५, २०८१
17:37 | २२:२२

बेलायती राजा चार्ल्समाथि अण्डा प्रहार प्रयास

रासस/एएफपी नोभेम्बर ९, २०२२

तस्विर एएफपी

योर्क, बेलायत, २३ कात्तिक–बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् ।

७३ वर्षीय राजा चार्ल्स र उनकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् ।

एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ ।

घटनास्थलमा रहेका पत्रकारका अनुसार प्रदर्शनकारीले शाही दम्पतीमाथि अण्डा प्रहार गर्नुअघि उनीविरूद्ध असन्तुष्टि व्यक्त गरेका थिए ।

भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भीडमा अन्य मानिसहरूले आक्रमणकारीप्रति आक्रोश व्यक्त गर्दै उनलाई लाज नभएको मान्छे भनेका थिए । उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भनेका थिए ।

प्रहरीले संदिग्ध अपराधीलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चाल्र्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क शहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी भएको थियो ।

बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्व ग्रीन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ताको रूपमा चिनाएका छन् ।

चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक शहरमा पहिलो पटक पुगेको थियो ।

चार्ल्सले मंगलबार नजिकैको लिड्स शहरमा रहेका कलाकारहरूलाई भेटेका थिए । उनले दासप्रथाबारे बेलायतको भूमिका विषयक एक कार्यक्रममा सहभागी हुँदै यस विषयमा खुला वहस चलाउन आफू तयार रहेको बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू