बिहीबार, कार्तिक ८, २०८१
17:54 | २२:३९

ब्रिटिश व्यवसायिक बक्सर जोन एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर भिड्ने

नेपाली लिङ्क नोभेम्बर ८, २०२२


लन्डन । एकजना विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले फेरि एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह ब्याज लगाएर प्रतिष्पर्धामा भिड्ने भएका छन् ।

विगत झैं यसपटक पनि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाजहरुको प्रतिक चिन्ह लगाएर रिङमा भिड्न लागेका हुन् ।

आउंदो २६ नोभेम्बर लन्डन ओटु एरिनामा हुन लागेको वहुप्रतिक्षित डब्ल्यूबीओ इन्टेरिम सुपर मिडलवेट वर्ल्ड टाइटिलका लागि पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडर र पार्करबीच घमासान मुक्केवाजी तय भएको छ ।

हजारौं दर्शकले प्रत्यक्ष र लाखौंले टिभी च्यानलबाट हेर्ने उक्त रोमाञ्चक प्रतिष्पर्धामा जोनले खेल अवधिभर एनआरएनए यूके र गोर्खाको चिन्ह लगाउने अध्यक्ष प्रेम गाहामगरले बताए ।

‘त्यस्ता प्रतियोगितामा प्रायोजन गर्न कम्तीमा क्वार्टर्र मिलियन पाउण्ड तिर्नुपर्ने हुन्छ । तर, जोनले हामीलाई निशुल्क स्पोन्सर गरिदिने भएका छन्’, गाहामगरले भने, ‘म उनीप्रति धेरै कृतज्ञ छु । हामीले पनि उनको खेल हेरिदिएर साथ दिन नेपाली समुदाय सबैमा अपिल गर्दछु ।’

जोनले गत फेब्रुअरी १२ मा भएको प्रतिष्पर्धामा पनि एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गरेका थिए । जोनले हालसम्म एनआरएनए यूकेलाई ४ वटा फाइटमा निशुल्क प्रयोजन गरिसकेका छन् । जोन गाहामगरको चेला र नेपाली समुदायप्रति हुरुक्क हुने ब्रिटिश नागरिक हुन् । उनलाई नेपाल र नेपालीको ज्यादै माया छ ।


बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यू. बी. सी. च्याम्पिनयनसीप २०१९ का विजेता हुन् ।

जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लसभेगस, अमेरिका तथा ओ टु एरिना, लन्डनका बक्सिङ गेमहरुमा एनआरएनए यूके र गोर्खा ब्याज लगाएर खेलेका थिए ।

राइडरका पूर्व प्रशिक्षक तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसंगको सहकार्यमा जोन राइडरले एनआरएनए यूके तथा गोर्खाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलेका हुन्।

३४ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरले आजसम्म भएका उच्चस्तरीय ३ दर्जन प्रतिस्पर्धामा भाग लिएका छन् । उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियनको रुपमा पनि परिचित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू