बिहीबार, कार्तिक ८, २०८१
17:54 | २२:३९

बेलायतमा महाकवि र शताव्दीपुरुषको सम्झना

नेपाली लिङ्क नोभेम्बर ७, २०२२

लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेले एक भर्चुअल कार्यक्रम गरि महाकवि देवकोटाको ११३औं जन्मजयन्ति मनाउनुका साथै वांगमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई श्रध्दान्जली अर्पण गरेका छन् । 

अनेसासका अध्यक्ष राज श्रेष्ठको सभापतित्वमा आइतबार ६ नोभेम्बरमा आयोजित उक्त सभामा प्रमुख अतिथि महाकवि सुपुत्र प्रा डा पद्म देवकोटाले महाकविका बारेमा आफ्ना अनुभूतिहरु सगर्व सुनाए भने विशेष अतिथि श्रीओम रोदनले सत्यमोहन जोशीका व्यक्तित्वबारे प्रकाश पारे । 

कार्यक्रममा नेमुप्र यूकेको प्रकाशन मुक्तक सागर अंक १५ ‘प्रणय मुक्तक विशेषांक – भाग २’ पनि विमोचन भयो।  विमोचित पत्रिकामाथि प्रधान सम्पादक निशा केसीको  टिप्पणी थियो भने केन्द्रिय अध्यक्ष रामकाजी कोनेले नेपाली मुक्तकको उत्तरआधुनिक परिवेशमाथि परिचर्चा गरे । 

सहआयोजकका तर्फबाट नेमुप्र यूकेका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले कार्यक्रममा उपस्थित भई पत्रिका विमोचन गरिदिने सम्पूर्ण अतिथिहरुमा धन्यबाद ब्यक्त गरे। 

अनेसास गण्डकीका सचिव असफल गौतम, अध्यक्ष दुर्गा शाह ‘बाबा’, अनेसास स्पेनका पूर्बाध्यक्ष शारदा पौडेल ‘निशा’, अनेसास कोलोराडोका अध्यक्ष तारा अधिकारी, अनेसास केन्द्रका बरिष्ठ अध्यक्ष सर्वज्ञ वाग्ले, केन्द्रिय अध्यक्ष गोवर्धन पूजा, अनेसास यूकेका सल्लाहकार सुमल कुमार गुरुङले आ-आफ्ना मन्तब्यसहित रचना सुनाए भने अनेसास यूकेका उपाध्यक्ष माया गुरुङ, जीत बुढाथोकी छन्त्याल, कुमार केसी, गङ्गा भण्डारी, नानु राना थापा, दुर्गा ढकालले आ-आफ्ना सिर्जनाहरु सुनाए। 

गजलकार/गीतकार शीतल कादम्बिनी तथा ग्लोबल नेपालीजका सम्पादक भगिरथ योगीको आतिथ्यता रहेको  उक्त कार्यक्रममाथि विशेष अतिथी एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले टिप्पणी प्रस्तुत गरे। 

दुवै संस्थाका सल्लाहकार रहेका रुपक श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रम नेमुप्रका उपाध्यक्ष प्रतिमा केसी द्वारा संचालित थियो भने जुम होस्ट कुमार केसीले गरेका थिए। 

सभाध्यक्ष राज श्रेष्ठले कार्यक्रम सफलताको श्रेय नेपाल, स्पेन, बेलायत तथा अमेरिकाबाट उपस्थित भएका सम्पूर्ण अतिथि तथा अनेसास यूके र नेमुप्र यूकेका सम्पूर्ण श्रस्टाहरुलाई दिंदै सबैमा आभार व्यक्त गर्दै सभा विसर्जन गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू