बिहीबार, कार्तिक ८, २०८१
17:11 | २१:५६

लण्डनकी अस्मिता प्रतिष्ठित नाइक ब्रान्डको स्पोन्सर पाउने पहिलो नेपाली खेलाडी

नेपाली लिङ्क नोभेम्बर ७, २०२२


लन्डन—बेलायतको प्रिमियर लिग क्लबमा स्थान बनाएकी नेपाली मूलकी पहिलो फुटबलर अस्मिता आले मगरलाई प्रतिष्ठित ब्राण्ड नाइकले प्रायोजन गरेको छ ।

टोटनम हटस्पर्सको महिला टीमबाट खेल्दै आएकी अस्मिताले नाइकसँगको सम्झौता हस्ताक्षर गरेकी हुन्।

अस्मिताले नाइकसँग आफूले हस्ताक्षर गरेको जानकारी सामाजिक सञ्जालमार्फत् गराएकी छन्। 

इन्स्टाग्राममा हस्ताक्षर गर्दै गरेको तस्विर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘नाइकसँग हस्ताक्षर गरेको घोषणा गर्न पाउँदा साँच्चिकै खुशी छु ।’

अस्मिताले नाइकसँग हस्ताक्षर गरेको सम्झौता र यसका शर्तहरुबारे पूर्ण जानकारी त बाहिरिएको छैन। तर पनि आगामी खेलहरुमा उनले नाइक ब्राण्डका स्पोर्ट्सवेयर लगाएर उक्त ब्रान्डको प्रवर्द्धनमा सहयोग पुर्‍याउने स्पष्ट छ ।  

विश्वका चर्चित खेलाडीहरुसँग प्रायोजन सम्झौता गर्ने नाइकबाट प्रायोजनको अवसर पाउने खेलाडीमा अस्मिता सम्भवत: पहिलो नेपाली हुन्।

भूतपूर्व गोर्खाकी छोरी समेत रहेकी उनको यो उपलब्धिमा बेलायतवासी कयौं नेपालीहरुले सामाजिक सञ्जालमा खुशी र गौरव व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू