बिहीबार, कार्तिक ८, २०८१
17:54 | २२:३९

गुल्मी जिल्ला समाजको अपांगता दिवस च्यारिटी डिसेम्बर ४ मा साउथ इष्टमा

नेपाली लिङ्क नोभेम्बर ६, २०२२

लन्डन। गुल्मी जिल्ला समाज यूकेले गर्दै आएको वार्षिक च्यारिटी कार्यक्रम यस वर्ष पनि आगामी डिसेम्बर पहिलो साता हुने भएको छ।  

विश्व अपांगता दिवसको अवसरमा वर्षेनी गरिंदै आएको कार्यक्रम डिसेम्बर ४ तारिख आइतबार साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा गरिने भएको हो।

च्यारिटी कार्यक्रममा संकलित कोषबाट गुल्मी तम्घासस्थित आशा अपांग केन्द्र र रुरुस्थित गुल्मीकै पहिलो अटिजम स्कुललाई सहयोग गरिने भएको छ।

कार्यक्रम तयारीका सम्बन्धमा आइतबार ग्रीनवीचको माउन्टेन भ्यू रेष्टुरेन्टमा समाजको कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठक बस्यो।

अध्यक्ष बीर बलालको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यक्रम तयारी तथा व्यवस्थापनबारे छलफल गरिएको छ।

त्यस अवसरमा कार्यक्रम संयोजक एवम् उपाध्यक्ष तारा भट्टराईले कार्यक्रमको हालसम्मको तयारीबारे जानकारी गराएकी थिइन्।

त्यस अवसरमा नेपालबाट आएकी गुल्मेली लोकदोहोरी गायिका रुपा घर्ती मगरले सांगीतिक प्रस्तुति दिने भएकी छन्। साथमा, प्रथम गुल्मेली नौमती बाजा यूके र डिजे हेम विष्टको प्रस्तुतिका साथै स्थानीय कलाकारले पनि नृत्य देखाउनेछन्।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतको नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरु पनि निम्त्याइएका छन्। 

साथमा, फरक क्षमता भएका अतिथिहरु शान्ति थापा कुँवर, हरि बुढा मगर, विनोद बुढाथोकी, अमृता र तीर्थ थापामगर लगायत अतिथि पनि कार्यक्रममा सहभागी हुनेछन्।  

कार्यक्रमको लागि खाना व्यवस्थापन सल्लाहकार रोमनाथ पाण्डे र मनोरन्जनात्मक कार्यक्रम संयोजनको जिम्मा  सांस्कृतिक संयोजक माया केसीलाई लगाइएको छ।

महासचिव रुद्र थापाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन्।

सो अवसरमा ‘दि एक्जुकेटिभ होम केयर लिडर अवार्ड’ प्राप्त गरेकोमा सल्लाहकार फत्त थापालाई समाजका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।

 

बैठकले शान्ति नेपाली समाज बेलायतको नवनिर्वाचित कार्यसमितिमा निर्वाचित अध्यक्ष प्रबिण खराल, उपाध्यक्ष रामप्रसाद न्यौपाने र सहकोषाध्यक्ष चिन्तामणि खराललाई बधाई ज्ञापन गरेको छ ।

त्यस्तै, हालै निधन भएका समाजका सदस्यहरुको परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो।

बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षहरु राम गलामी र टोप पल्ली, सल्लाहकारहरु मोती भण्डारी, दुर्गा पाण्डे, फडिन्द्र भट्टराई, फत्त थापा, सुरेश गौतम, चक्रबहादुर राना, कृष्ण भण्डारी, ध्रुवराज अर्यालसहितको उपस्थिति थियो । 

त्यस्तै, कार्यसमितिका तर्फबाट अध्यक्ष बीर बलालसंगै उपाध्यक्षहरु मञ्जु भण्डारी र तारा भट्टराई, प्रवक्ता राधा खरेल, सदस्यहरु डम्मर श्रीष, गुन थापालगायत पनि सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू