शुक्रबार, जेठ ४, २०८१
10:53 | १५:३८

बेलायतको अध्यागमन केन्द्रमा बम आक्रमण आतंकवादी सोचबाट प्रेरित

रासस/एएफपी नोभेम्बर ५, २०२२

लन्डन, १९ कात्तिक–बेलायतको एक आप्रवासी केन्द्रमा गत हप्ता भएको बम विस्फोट ‘आतंकवादी सोचबाट प्रेरित’ भएको आतंकवाद विरोधी प्रहरीले शनिबार जनाएको छ ।

“काउन्टर टेररिज्म पुलिसिंग साउथ इष्ट (सीटीपीएसइ) ले गत आइतबार (३० अक्टोबर २०२२) डोभरको एक अध्यागमन केन्द्रमा भएको आक्रमण आतंकवादी विचारधाराबाट प्रेरित भएको प्रमाणहरू फेला परेको छ,” सङ्गठनले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उपकरणहरूसहित बरामद गरिएका प्रमाणहरूले ‘आक्रमणको पछाडि चरम दक्षिणपन्थी प्रेरणा थियो’ भन्ने संकेत गर्दछ ।

सीटीपीएसइका वरिष्ठ राष्ट्रिय संयोजक टिम ज्याक्सले भने, “मानसिक स्वास्थ्य सम्भवतः एक कारक हो भन्ने बलियो संकेतहरू छन् । तर संदिग्धको कार्यहरू मुख्यतया अतिवादी विचारधाराबाट प्रेरित थिए भन्न सकिन्छ ।”

यसले ‘आतंकवादी घटनाका लागि थ्रेसहोल्ड’ पूरा गरेको उनले बताए ।

डोभरस्थित वेस्टर्न जेट फोइल बोर्डर फोर्स सेन्टरमा घरेलु हतियार फ्याँकिँदा दुई जना कर्मचारी सामान्य घाइते भएका थिए ।

दक्षिणपूर्वी इङ्ग्ल्याण्डको व्यस्त बन्दरगाह शहरमा रहेको आवतजावतको सुविधाले उत्तरी युरोपबाट साना डुङ्गाहरूमा च्यानल पार गरेका आप्रवासीहरूलाई अघि बढ्न सहयोग गर्ने गर्दछ । उक्त आक्रमण ६६ वर्षीय एक व्यक्तिले गरेका र उनी पछि मृत अवस्थामा भेटिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, “अपराधीले अरु कोहीसँग मिलेर काम गरिरहेको भन्ने कुरा अहिले केही पनि छैन र नागरिकका लागि कुनै ठूलो खतरा देखिँदैन ।”

बेलायत सरकारले अहिले उत्तरी युरोपबाट साना डुङ्गामा च्यानल पार गर्ने उच्च संख्याका आप्रवासीहरूको सामना कसरी गर्ने भनेर छलफल चलाइरहेको छ ।

सन् २०१९ सुरुदेखि अहिलेसम्म कूल ३८ हजार मानिसले जोखिमपूर्ण यात्रा गरेको सरकारको गृह मामिला चयन समितिलाई अक्टोबर २६ मा जानकारी गराइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू